काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको ३२ लाख ऋणपत्र सूचीकृत भएको छ । मुक्तिनाथ बैंक र लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
भदौ १७ गते ती दुई कम्पनीले नेपाल स्टक एक्चेन्ज नेप्सेमा ऋणपत्र सूचीकृत गराएको हो । सुचीकरणसँगै सो ऋणपत्र दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।
८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८ को अंकित मुल्य १ हजारको दरले २० लाख कित्ता बिक्री गरेको थियो ।
त्यस्तै, ८.७५ प्रतिशत मुक्तिनाथ बैंक डिबेन्चर २०८४/८५ अंकित मुल्य १ हजारको दरले १२ लाख ५० हजार कित्ता बिक्री गरेको थियो ।