images
images

नेप्सेमा ४ कम्पनीको शेयर मुल्य समायोजन, कुनको कति ? 


  • 722
    SHARES
  • २०७८ भाद्र १८ गते शुक्रबार

    नेप्सेमा ४ कम्पनीको शेयर मुल्य समायोजन, कुनको कति ? 

    काठमाडौं । नेपाल स्टक नेप्सेमा ४ वटा कम्पनीको शेयर मुल्य समायोजन भएको छ । अपि पावर कम्पनी, ङादी पावर कम्पनी, एन एम बि फिफ्टी र एन एम बि हाइब्रिड फर्स्टको कम्पनीको शेयर मुल्य समायोजन भएको हो । सो कम्पनीको नगद लाभांश र बोनस शेयर पछिको शेयर मुल्य समायोजन भएको हो । 

    अपि पावर कम्पनीको १०.५ प्रतिशत बोनस शेयर पछिको शेयर मुल्य समायोजन भएको हछ । उक्त कम्पनीको बोनस शेयर पछिको शेयर मुल्य ४७८.७३ रुपैयाँमा समायोजन भएको हो । अपि पावर को अन्तिम कारोबार ५२९ रुपैयाँमा भएको थियो । 

    ङादी पावर कम्पनी २० प्रतिशत बोनस शेयर पछिको शेयर मुल्य समायोजन भएको हो । सो कम्पनीको बोनस शेयर पछिको शेयर मुल्य ८०७.५० रुपैयाँमा समायोजन भएको छ । ङादी पावर कम्पनीको अन्तिम कारोबार ९६९ रुपैयाँमा भएको थियो । 

    एन एम बि फिफ्टीको ३० प्रतिशत नगद लाभांश पछिको शेयर मुल्य समायोजन भएको हो । उक्त कम्पनीको नगद लाभांश पछिको शेयर मुल्य १२.५३ रुपैयाँमा समायोजन भएको छ । एन एम बि फिफ्टीको अन्तिम कारोबार १५.५३ रुपैयाँमा भएको थियो । 

    एन एम बि हाइब्रिड फर्स्टको २० प्रतिशत नगद लाभांश पछिको शेयर मुल्य समायोजन भएको हो  । सो  कम्पनीको नगद लाभांश पछिको शेयर मुल्य ११.८० रुपैयाँमा समायोजन भएको छ । एन एम बि हाइब्रिड फर्स्टको अन्तिम कारोबार १३.८० रुपैयाँमा भएको थियो । 

     

     


    images

    Logo