images
images

नेप्सेभन्दा तीव्र गतिमा ओरालो लाग्दै टेलिकमको शेयर मुल्य


  • 985
    SHARES
  • २०७८ भाद्र १८ गते शुक्रबार

    नेप्सेभन्दा तीव्र गतिमा ओरालो लाग्दै टेलिकमको शेयर मुल्य

    काठमाडौँ । नेपाल दुरसञ्चार कम्पनीको शेयर मुल्य निरन्तर ओरालो लागेको छ । अघिल्लो कारोबार सातामा १२ सय ६५ रुपैयाँ उच्च मुल्यमा कारोबार भएको कम्पनीको शेयर मुल्य ओरालो लागेको हो । 

    अघिल्लो साता सार्वजनिक विदाका कारण नेप्सेमा तीन दिन मात्रै कारोबार भएको थियो । भदौ ८ गते कम्पनीको शेयर १२ सय ६५ रुपैयाँ उच्च मुल्यमा कारोबार भएको थियो । सोही दिन अन्तीम कारोबार १२ सय २० रुपैयाँमा गरेको कम्पनी निरन्तर ओरालो लाग्दै दोस्रो साताको अन्तीम कारोबार दिनमा ११ सय १४ रुपैयाँमा झरेको छ । 

    यो साता चार दिन मात्र कारोबार भएको नेप्सेमा टेलिकमको शेयर मुल्य ओराले लाग्ने क्रम रोकिएको छैन । 

    दुई सातामा कम्पनीको शेयर मुल्य प्रतिकित्ता १ सय ५१ रुपैयाँले घटेको छ ।  यो करिब १२ प्रतिशत हो । सोही अवधिमा नेप्से सुचक करिब ८ प्रतिशतले घटेको छ । टेलिकमको मुल्य समग्र नेप्सेभन्दा उच्च गतिमा घट्दै गएको छ । 


    images

    Logo