काठमाडौं । हकप्रद शेयर निष्काशनको लागि आइएमई जनरल इन्स्योरेन्सले धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशनको लागि विहीबार निवेदन दिएको हो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीले १ बराबर ०.४ अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित भएपछि बोर्डमा निवेदन दिएको हो ।