images
images

३ वित्तीय संस्थाको साढे ५ लाख कित्ता शेयर आजदेखि लिलामीमा


  • 414
    SHARES
  • २०७८ भाद्र २० गते आइतबार

    ३ वित्तीय संस्थाको साढे ५ लाख कित्ता शेयर आजदेखि लिलामीमा

    काठमाडौं । तीनवटा बैंक तथा वित्तीय संंस्थाको शेयर आजदेखि लिलामीका लागि खुला भएको छ ।सेञ्चुरी बैंक, मञ्जुश्री फाइनान्स र कामना सेवा विकास बैंकका संंस्थापक शेयर आजदेखि लिलामीका लागि खुला हुने भएको हो । 

    सेञ्चुरी कमर्शियल बैंकको २ लाख ५ हजार कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार कित्ता तथा कामना सेवा विकास बैंकको २ लाख ५० हजार कित्ता शेयरका लागि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आजदेखि बिक्री खुला गरेको हो । 

    सेञ्चुरीको शेयरको न्यूनतम मूल्य १ सय ५० रुपैयाँ, मञ्जुश्री फाइनान्सको ३ सय ५० रुपैयाँ र कामनना सेवा विकास बैंकको मूल्य २ सय ५० रुपैयाँ कायम गरिएको छ । इच्छुुक व्यक्तिले न्यूनतम ५ हजार कित्ताको दरले आवेदन दिन सक्नेछन् । 


    images

    Logo