images
images

फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो लाभांश, बोनस शेयर कति ? 


  • 1.6K
    SHARES
  • २०७८ भाद्र २० गते आइतबार

    फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो लाभांश, बोनस शेयर कति ? 

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश हुनेछ । 

    हाल कम्पनीको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ छ । सो पुँजीको १०.५३ प्रतिशतले हुने ९ करोड २२ लाख रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ । लाभांशपछि कम्पनीको चुक्ता पुँजी बढेर ९६ करोड ४४ लाख रुपैयाँ पुग्नेछ । 

    यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाले पारित गरेपछि मात्रै वितरण हुने कम्पनीले जनाएको छ । 


    images

    Logo