काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।
शुक्रबार सम्पन्न भएको कम्पनीको साधारणसभाले ५ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको हो ।
कुल ६ सदस्यीय सञ्चालकसमितिको लागि भएको निर्वाचनमा ५ सदस्यले मात्रै उम्मेदवारी दिएका थिए । उनीहरु निर्विरोध रुपमा निर्वाचित भएको घोषणा गरिएको थियो ।
निर्वाचित ५ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले उम्मेदवारी नपरेको महिला सञ्चालकमा १ जनालाई नियुक्त समेत गरेको छ , सोही बैठकले सञ्चालक इन्द्र्र बहादुर थापालाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
