images
images

४० मिनेट रोकिएर शेयर कारोबार पुनः सुरु


  • 387
    SHARES
  • २०७८ भाद्र २० गते आइतबार

    ४० मिनेट रोकिएर शेयर कारोबार पुनः सुरु

    काठमाडौं । उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । 

    नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो । 

    नेप्से १४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरोलो लागेर २ हजार ७ सय ७९दशमलव ६८ मा रोकिएको थियो ।

    यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २६.९३ अङ्कले ओरालो लागेर ५१४ं८४ मा सीमित भएको छ । कूल २१५ कम्पनीको १ करोड ४८ लाख ३१ हजार ७ सय ३८ कित्ता शेयर ७ अर्ब १९ करोड ९० लाख ३५ हजार ६ सय ७१ रुपैयाँ मा खरिदबिक्री भएका थिए । 

    सर्किट ब्रेकको नियमअनुसार कारोबार सुरु भएको पहिलो घन्टामा ४ प्रतिशतले सूचक बढे या घटे २० मिनेट कारोबार स्थगित गरिन्छ भने दोस्रो घन्टामा सूचक पाँच प्रतिशतले बढे या घटे ४० मिनेट स्थगित गरिन्छ । त्यस्तै तेस्रो घन्टापछिको समयमा सूचक छ प्रतिशतले बढेमा वा घटेमा बाँकी समयको कारोबार स्थगित गर्ने गरिन्छ । 


    images

    Logo