काठमाडौँ । अघिल्लो साता निरन्तर ओरालो लागेको पुँजीबजार रोकिने क्रम देखिएको छैन । साताको पहिलो कारोबार दिन आइतबार पनि यो क्रम रोकिएन । आजको कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेपछि ४० मिनेटको लागि कारोबार रोक्नु परेको थियो ।
पुँजीबजार निरन्तर ओरालो लाग्नुमा नेपाल राष्ट्र बैंकले शेयर कर्जामा गरेको व्यवस्था भएको लगानीकर्ताको आरोप छ । राष्ट्र बैंकले शेयर धितो राखेर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने मौद्रिक नीतिमा व्यवस्था गरेको थियो ।
शेयर कर्जा लगायतका विषयलाई लिएर लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । आइतबार लगानीकर्ताले १६ बुँदे माग राख्दै अधिकारीको राजीनामा मागेका छन् । उनिहरुले पुँजीबजार नै धराप पार्ने गरी विभिन्न समयमा नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।
हेर्नुहोस् राजीनामासँगै गरिएका मागहरु –





