काठमाडौं। निरन्तर ओरालो लागेको शेयर बजार सोमबार फेरी बढ्न थालेको छ। साढे ११ बजेसम्म बजार ३० अंकले बढेसँगै १३० कम्पनीको शेयर मुल्य बढिसकेको छ।
साताको पहिलो दिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेपछि बजार ४० मिनेट रोकिन पुगेको थियो ।
आइतबार बजार ५ प्रतिशत ले घटेको थियो।
अहिले १२ करोड रुपैयाँभन्दा माथिको शेयर कर्जा लिने १ सय ६४ जना लगानीकर्ता रहेको राष्ट्र बैंकले जनाएको छ । पुजीँबजारमा औसत २३ लाख लगानीकर्ताले आई पी ओ भर्ने गरेको पाइन्छ । सो कारण राष्ट्र बैंकले साना लगानीकर्तालाई हौसला प्रदान गर्न यो व्यवस्था गरेको तर्क गरिरहेको छ ।