images
images

३२ अंकले बढ्यो नेप्से, उकालो लाग्ने संकेत


  • 395
    SHARES
  • २०७८ भाद्र २१ गते सोमबार

    ३२ अंकले बढ्यो नेप्से, उकालो लाग्ने संकेत

    काठमाडौँ । एक सातादेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.८५ अंकले बढेको छ । साताको दोस्रो कारोबार दिनको पहिलो आधा घण्टामा नेप्से बढेर २८ सय ५० दशमलव ६९ अंकमा पुगेको हो ।

    अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको नेप्से साताको पहिलो कारोबार दिनमा नकरात्मक सर्किट ब्रेक गरेर ४० मिनेटलाई कारोबार रोक्नु परेको थियो । 

    काराेबार सुरु भएकाे पहिलो ४५ मिनेटमा १८४ कम्पनीको कारोबार भइरहेको बजारमा १३१ कम्पनी सकरात्मक रहेका छन् भने ४६ कम्पनी नकरात्मक देखिएका छन् । ७ कम्पनीको शेयर मुल्य स्थिर देखिएको छ । 

    यो सँगै बजार उकालो लाग्ने संकेत देखिएको छ । लामो समयसम्म बजार ओरालो लाग्न नसक्ने विज्ञहरुले बताएका छन् । सामान्य भएपनि बजारमा सुधार आउने लगानीकर्ताले बताइरहेका छन् । 


    images

    Logo