काठमाडौँ । विहीबारदेखि दोस्रोबजारमा कारोबार सुरु भएको सानिमा लाइफ इन्स्योरेन्सको शेयर खरिदमा उच्च माग देखिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार कम्पनीको शेयर खरिदमा उच्च माग देखिएको हो ।
कारोबार सुरु भएको डेढ घण्टामा ६ लाख ७० हजार शेयर खरिद माग देखिएको छ ।
अहिले कम्पनीको शेयर प्रतिकित्ता ४ सय ११ रुपैँयामा कारोबार भइरहेको छ । कम्पनीको मुल्य सकरात्मक सर्किट नजिक पुगेको छ ।