images
images

नेप्सेमा छायो हरियाली, ४५ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट, बजार ६ प्रतिशतले बढ्याे


  • 406
    SHARES
  • २०७८ भाद्र २१ गते सोमबार

    नेप्सेमा छायो हरियाली, ४५ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट, बजार ६ प्रतिशतले बढ्याे

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार हरियाली छायकाे ५ । साताको दोस्रो दिन कारोबार भएका १८५ कम्पनीकै शेयर मुल्य सकरात्मक देखिएको हो । साथै नेप्से ५.७३ प्रतिशतले बढेको छ । 

    यो सँगै नेप्से १६१.६६ अंकले बढेर २९८०.५० विन्दुमा पुगेको छ । सोमबार नेप्सेसहित, फ्लट, सेन्सेटिभ फ्लट तथा सेन्सेटिभ सबै सुचक सकरात्मक रहे । त्यस्तै १३ ओटा उपसुचकहरु पनि सकरात्मक रहे । विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायतका सुचकहरु ९ प्रतिशत बढीले सकरात्मक रहे । 

    सोमबार ४५ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । साथै अन्य धेरै कम्पनीको शेयरमुल्य सर्किट नजिक पुगेका छन् । 

    ९ अर्ब ८२ करोड रुपैँया कारोबार भएको बजारमा नेशनल हाइड्रो पावर, गुर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट लगायतका कम्पनीले राम्रो आम्दानी गर्न सफल भएका छन् । 


    images

    Logo