काठमाडौं । युनिलिभर कम्पनीले ६५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनिलाई लाभांश दिने घोषणा गरेको हो ।
सो कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनिलाई प्रतिशेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
अघिल्लो वर्ष शतप्रतिशत लाभांश दिएको सो कम्पनीले यो वर्ष लाभांश बढाएको छ ।
उक्त लाभांश कम्पनीको आगामी साधारणसभा पछि मात्र शेयरधनिले पाउनेछन् ।