काठमाडौं । साताकाे तेस्रो दिन मंगलबार नेप्सेमा तीव्र उतारचढाव देखिएको छ ।
निरन्तर ओरालो लागेको बजार मा आज पहिलो घण्टामा तीव्र उतारचढाव देखिएको हो ।
उतारचढाव सँगै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको हो ।
३९ कम्पनीको शेयर मुल्य बढेको छ भने १३९ कम्पनीको मुल्य घटेको छ बाँकी ४ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
