images
images

नेप्सेमा ४४ अंकको करेक्सन, यस्तो देखियो दिनभरको बजार


  • 404
    SHARES
  • २०७८ भाद्र २२ गते मंगलबार

    नेप्सेमा ४४ अंकको करेक्सन, यस्तो देखियो दिनभरको बजार

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४४ अंकले घटको छ । 

    नेप्से घटेर २ हजार ९ सय ३६ दशमलव ६० बिन्दुमा पुगेको हो । आज बजार १.४८ प्रतिशतले घटेको छ । 

    बजारमा  आज १८५ वटा कम्पनीको कारोबार भएको हो । नेप्सेमा ७ अर्ब ४९ करोड बराबरको १ करोड ५० हजार कित्ता शेयर कारोबार भएको छ । 

    म्युचुअल फण्ड र अन्य कम्पनीको मुल्य बढेको छ, भने बाँकी बैंक, विकास बैंक, होटल एण्ड टुरिज्म, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स निर्जिवन बीमा कम्पनी, फाइनान्स, माइक्रोफाइनान्स लगायतका सबै कम्पनीको शेयर मुल्य घटेको हो । 

    बजार घटेपनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

    nepse today.JPG
     


    images

    Logo