काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद र बोनस शेयर निष्काशन गर्ने भएको छ ।
बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको २६० औं बैठकले सो निर्णय गरेको हो ।
उक्त बैकको चौधौ वार्षिक साधारण असोज १६ गते शनिबार बिहान ११ बजे सिद्धार्थ होटल झापामा बस्दैछ ।
सञ्चालक समितिको बैठकले चौधौ वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्न असोज १ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।
बैंकको गत असार १४ गते सम्पन्न चौधौ साधारणसभाले शेयरधनीहरुलाईे चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र १०ः३ को अनुपात बराबर ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। सोहि प्रयोजनको लागि सञ्चालक समितिको बैठकले बुकक्लोज मिति तय गरेको हो।