काठमाडौं । सानिमा म्युचुअल फण्डका अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले प्रतिफल दिने भएका छन् । सानिमा लार्ज क्याप फण्ड र सानिमा इक्विटी फण्डले ईकाइधनिहरुलाई प्रतिफल दिन लागेका हुन् ।
भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३३ प्रतिशत कर सहितका दरले हुन आउने रकम ४२ करोड ९० लाख रुपैयाँ ईकाइधनिहरुलाई प्रतिफल दिने भएको हो ।
सानिमा लार्ज क्याप फण्ड आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको ४ प्रतिशत कर सहितका दरले हुन आउने रकम ४ करोड ८० लाख रुपैयाँ ईकाइधनिहरुलाई प्रतिफल दिने भएको हो ।
सो प्रतिफल वितरण प्रयोजनका लागि इकाइधनि किताब खाता असोज १ गते शुक्रबार एकदिनका लागि बन्द हुने छ ।


