images
images

आज पनि थामिएन नेप्सेकोे गिरावट, घट्दो कारोबारले के संकेत गर्छ ? 


  • 808
    SHARES
  • २०७८ भाद्र २३ गते बुधबार

    आज पनि थामिएन नेप्सेकोे गिरावट, घट्दो कारोबारले के संकेत गर्छ ? 

    काठमाडौं । साताको चौथो दिन पनि नेपाल स्टकएक्सचेन्ज (नेप्से) घटेको छ । 

    आज बजार ६० अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ५९ बिन्दुमा पुगेको हो । आज ६ अर्ब ६४ करोड बराबरको १ करोड ६१ लाख कित्ता शेयर कारोबार भएको छ । 

    बजारमा १८५ वटा कम्पनीको शेयर कारोबार भएको छ, जसमा २० वटा कम्पनीको शेयरमुल्य बढेको छ १६१ वटा कम्पनीको शेयरमुल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 

    नेप्से घटेपनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट कायमै रहेको छ भने बैक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स, निर्जिवन बीमा कम्पनी, हाइड्रोपावर, होटेल एण्ड टुरिज्म, ट्रेडिङ लगायतका सबै कम्पनीको शेयर मुल्य घटेको छ । 

    फाइनान्स र अन्य कम्पनीको शेयर मुल्य ३ प्रतिशतले घटेको छ , सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी स्वरोजगार लघुवित्त वित्तीय संस्थाको मूल्य बढेको छ ।
      
    घट्दाे बजारमा कारोबार समेत घट्दा लगानीकर्ताले घटेकाे मूल्यमा शेयर बिक्री गर्न तयार नभएकाे संकेत गर्छ । यसले आगामी दिनमा बजारकाे सकारात्मक दिशाकाे बाटाे लिने संकेत गर्छ ।

     


    images

    Logo