images
images

साताको अन्तीम कारोबार दिनमा पनि रोकिएन नेप्से घट्ने क्रम


  • 612
    SHARES
  • २०७८ भाद्र २४ गते बिहीबार

    साताको अन्तीम कारोबार दिनमा पनि रोकिएन नेप्से घट्ने क्रम

    काठमाडौँ । साताको अन्तीम कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) घटेको छ । विहीबार नेप्से ०.६२ अंकले घटेर २८७५.९८ विन्दुमा पुगेको हाे । 

    विहिबार ७ अर्ब रुपैँया बराबरको कारोबार भएको पुँजीबजारमा नेप्सेसहित सेन्सेटीभ र सेन्सेटीभ फ्लट सुचकहरु घटेका छन् भने फ्लट सुचकमा समान्य रुपमा सकरात्मक रह्यो । 

    त्यस्तै १३ उपसुचकमध्ये ट्रेडिङ, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्टमा सामान्य सुधार देखिएको छ । बाँकि उपसुचकहरु नकरात्मक रहे ।

    १८५ कम्पनीको शेयर कारोबार भएको बजारमा ९० कम्पनीका लगानीकर्ताले कमाउन सफल भएका छन् । ८५ कम्नीका शेयर मुल्यमा गिरावट आएको बजारमा १० कम्पनीको मुल्य स्थिर रहेको छ । 
    नेप्से परिसुचक नकरात्मक रहँदा पनि हिमालयन पावर, सानिमा लाइफ, रैरङ हाइड्रो, ग्रिनलाइफ हाइड्रो लगायतका कम्पनीका लगानीकर्ताले कमाउन सफल भएका छन् । हिमालयन पावर हाइड्रोको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । 

    त्यस्तै, रिदि हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड–२ लगायतका कम्नीका लगानीकर्ताले नोक्सानी व्यहोर्नुपरेको छ । 


    images

    Logo