काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.९१ अंकले बढेर २ हजार ७ सय ३९ दशमलव ८२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको १० अर्ब ३४ करोड रुपैयाँ बराबरको १ करोड ८२ लाख कित्ता शेयर किनेबच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १० अर्ब ४ करोडको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
मंगलबार कारोबारमा आएका ८७ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड २ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल पुनर्बीमाको ५१ करोड ६८ लाख रुपैयाँको शेयर करोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २९ करोड ३ लाख रुपैयाँको शेयर करोबार भएको छ ।
यस दिन ४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, इमर्जीङ्ग नेपाल र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।


