images
images

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 259
    SHARES
  • २०८१ फाल्गुण ८ गते बिहीबार

    विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथ लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात फागुन ९ गते बुकक्लोज गर्दैछ।

    यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    कम्पनीले फागुन २८ गते, बुधबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी नेपाल सरकारलाई वितरण गरेको नगद लाभांश अनुमोदन गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य शेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने, कम्पनीको पसलकवलसँगै शेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्ने, सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा अनुमोदन गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।


    images

    Logo