काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
अर्थात इन्स्योरेन्सले हाल कायम ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९ सय १ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ १८ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


