काठमाडाैं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
फागुन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन लागि पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने निर्णय गरेको छ ।
अपर हेवाखोला साना जलविद्युत आयोजना ९८.५ मेगावाटको निर्माण गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण घटाउन कम्पनीको चुक्ता पुँजी ५० करोडको १:१ अनुपातको हकप्रद सेयर निश्कासन गर्न लागेकाे जनाइएकाे छ ।
१५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी विशेष प्रस्ताव कम्पनीको तेह्रौं वार्षिक साधारण सभाबाट पारित भएको छ ।