images
images

लगातार चौथो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब ६२ करोड


  • 339
    SHARES
  • २०८१ फाल्गुण ८ गते बिहीबार

    लगातार चौथो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब ६२ करोड

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार बढेर बन्द भएको छ । आइतबारदेखि बढ्न थालेको नेप्सेले आज पनि निरन्तरता दिएको हो । 

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अंकले बढेर २ हजार ७ सय ४३ दशमलव ७४ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको ८ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ५६ लाख कित्ता शेयर किनबेच भएको छ । 

    विहीबार ८१ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ५८ कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    विहीबार गार्डियन माइक्रो लाइफ इस्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, विन नेपाल लघुवित्तको शेयर मुल्य ९.६९ प्रतिशतले बढेको छ । अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ९.१४ प्रतिशतले बढेको छ । 


    images

    Logo