काठमाडौं । तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा कृषि विकास बैंक, फस्र्ट माइक्रोफाइनान्स, शिवम् सिमेन्ट रहेका छन् ।
कृषि विकास बैंकको ३ प्रतिशत बोनस बापतको ४० लाख ३५ हजार ५ सय २ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, विहीबार फस्र्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस बापतको ११ लाख १० हजार ४ सय ४४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ८.५५ प्रतिशत बोनस बापत ४२ लाख ९८ हजार ८५ ६४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नको लागि योग्य भएको छ ।