images
images

निरन्तर पाँचौं दिन बढ्यो नेप्से, कारोबार रकम साँढे ११ करोड


  • 322
    SHARES
  • २०८१ फाल्गुण ११ गते आइतबार

    निरन्तर पाँचौं दिन बढ्यो नेप्से, कारोबार रकम साँढे ११ करोड

    काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ११.६६ अंकले बढेको छ । गत साताको पहिलो दिनबाटै बढेर २७४३.७४ विन्दुमा पुगेको नेप्से आज थप ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा पुगेको हो । 

    नेप्से परिसूचक बढ्दा बजारमा ९१ कम्पनीको शेयरमूल्य बढेको छ । आज १४८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनी स्थिर छन् । आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ रिलायन्स फाइनान्स लिमिटेडको शेयर मूल्य सर्वाधिक ७.२४ प्रतिशतले घटेको छ । 

    बजारमा रहेका १३ उपसमूहरुमध्ये आज डेभलपमेन्ट बैंक, फाइनान्स, होटल एण्ड टुरिजम, हाइड्रोपावर, माइक्रोफाइनान्स र ट्रेडिङबाहेकका अन्य ७ उपसमूहको सूचक बढेको छ । 

    नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । आज बजारमा ११ अर्ब ५४ करोड रुपैयाँ बराबर रकममा २ करोड १२ लाख कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन नेप्सेमा ८ अर्ब ४५ करोड रुपैयाँ बराबर रकमको कारोबार भएको थियो । 


    images

    Logo