काठमाडौं । नेप्सेमा आज दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टिलरीको बोनश शेयर सूचीकृत भएको हो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ दशलमव ५० प्रतिशत बोनश शेयर वापत १६ लाख २० हजार ८८७ दशलमव १३३६ कित्ता शेयर र हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनश शेयर वापत ४० लाख ८ हजार ७८४ दशलमव ९७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकरणसँगै दुबै कम्पनीकाे बाेनश शेयर दाेस्राे बजारमा काराेबारका लागि याेग्य भएकाे छ ।