images
images

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब माथि


  • 368
    SHARES
  • २०८१ फाल्गुण १२ गते सोमबार

    सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब माथि

    काठमाडौं ।  सोमबार नेपाल स्टक एक्स्चेञज परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा पुगेको हो । आइतबार नेप्से ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा पुगेको थियो । 

    नेप्से ३ अंकले बढ्दा बजारमा ९० कम्पनीको शेयरमूल्य बढेको छ । आज १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनी स्थिर छन् । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

    बजारमा रहेका १३ उपसमूहरुमध्ये आज बैंकिङ, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र अन्य उपसमूह बाहेकका अन्य ९ उपसमूहको सूचक घटेको छ । 

    नेप्से परिसूचक बढ्दा पनि आज कारोबार रकम भने घटेको छ । आज बजारमा ११ अर्ब ८ करोड रुपैयाँ बराबर रकममा २ करोड ११ लाख १० हजार कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन नेप्सेमा ११ अर्ब ४७ करोड रुपैयाँ बराबर रकमको कारोबार भएको थियो । 


    images

    Logo