काठमाडौं । साताको पहिलो दिन नै नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा पुगेको नेप्से आज थप ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका २४४ कम्पनीहरुमध्ये १९६ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीको शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीहरुको शेयरमूल्य भने आज स्थिर रहेको छ ।
बजारमा रहेका १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक बढेको छ ।
नेप्से परिसूचक उच्च अंकले बढ्दा ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत् कम्पनी रहेका छन् । समाज लघुवित्तको शेयरमूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
बजारमा रहेका १३ उपसमूहमध्ये आज म्युचुअल फन्डबाहेकका अन्य १२ उपसमूहको सूचक घटेको छ ।
आज बजारमा १४ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । उच्च कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यो कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।


