images
images

१३ अंकले घट्यो नेप्से, कारोबार रकम १४ अर्ब २८ करोड


  • 417
    SHARES
  • २०८१ फाल्गुण १९ गते सोमबार

    १३ अंकले घट्यो नेप्से, कारोबार रकम १४ अर्ब २८ करोड

    काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला ९ कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्सेमा यस दिन भने करेक्सन भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६२ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ६६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय स्क्रिपको १४ अर्ब २८ करोड रुपैयाँ बराबराको ३ करोड १२ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १४ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    सोमबार ५१ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ७३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।

    यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट  लागेको छ । त्यस्तै, यस दिन दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।


    images

    Logo