images
images

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 376
    SHARES
  • २०८१ फाल्गुण २१ गते बुधबार

    स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको हो। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार फागुन २९ गते, मंगलबारसम्ममा लघुवित्तको एफपीओमा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताका लागि आवेदन परिसकेको छ।

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९ सय ९३ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २ सय ९३ रुपैयाँ पुग्नेछ।


    images

    Logo