images
images

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो


  • 346
    SHARES
  • २०८१ फाल्गुण २१ गते बुधबार

    एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने मिति लम्बिएको छ। 

    बैंकले १० वर्ष अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा निष्काशन गरेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा अब चैत ३ गतेसम्म आवेदन दिन सकिने भएको छ।

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

    सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। 


    images

    Logo