images
images

एमबीएल इक्विटी फण्डको इकाईमा आजदेखि आवेदन दिन सकिने


  • 377
    SHARES
  • २०८१ फाल्गुण २२ गते बिहीबार

    एमबीएल इक्विटी फण्डको इकाईमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आजदेखि सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

    फण्डले १५ प्रतिशत इकाई मध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

    फण्डको इकाईमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा चैत ७ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

    फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


    images

    Logo