images
images

चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम १० अर्बमाथि


  • 620
    SHARES
  • २०८१ फाल्गुण २२ गते बिहीबार

    चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम १० अर्बमाथि

    काठमाडौं । साताको अन्तिम दिन विहीबार २.७० अंकले घटेर २ हजार ८ सय १८ दशमलव ४३ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएको ३ सय १० स्क्रिपको १० अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज कारोबारमा आएका ९९ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ३२ कम्पनीको शेयर मुल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    आजको कारोबारमा बैंकिङ ०.०३, विकास बैंक १.८६, उत्पादन तथा प्रशोधन ०.२४ र लघुवित्त ०.०५ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त १.२३, होटल तथा पर्यटन ०.५७, जलविद्युत् ०.०६, लगानी ०.१४ र जीवन बिमा ०.८० प्रतिशतले घटेको छ । त्यस्तै, म्युचुअल फण्ड शून्य दशमलव १८, निर्जीवन बिमा ०.०४, व्यापार ०.२४ र अन्य समूह ०.७१ प्रतिशतले घटेको छ । 

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको शेयर कारोबार भएको छ । एनआरएनको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जी रहेका छन् । उपकार लघुवित्तको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । राप्ती हाइड्रोपावरको शेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । 


    images

    Logo