images
images

लगातार पाँचौ दिन पनि घट्यो नेप्से, कारोबार रकम १० अर्बमाथि


  • 621
    SHARES
  • २०८१ फाल्गुण २५ गते आइतबार

    लगातार पाँचौ दिन पनि घट्यो नेप्से, कारोबार रकम १० अर्बमाथि

    काठमाडौं । आइतबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्लो ४ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । 

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अंकले घटेर २ हजार ७ सय ७२ दशमलव १० दशमलव १० विन्दुमा पुगेको छ । 

    यस दिन नेप्से घटेसँगै २८०० विन्दुभन्दा तल झरेको थियो। गत साताको पहिलो कारोबार दिन ७५.२४ अंक बढेर २८०० विन्दुभन्दा माथि पुगेको नेप्से, यस दिन घटेर २८०० विन्दुभन्दा तल झरेको हो।

    आइतबार ३ सय १५ स्क्रिपको १० अर्ब ९ करोड रुपैयाँ बराबरको २ करोड २७ लाख कित्ता शेयर किनबेच भएको छ । 

    यस दिन कारोबार रकम सामान्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १० अर्ब १० करोडको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएका २४ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय १७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.६९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक साढे २ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ५५ करोड ९लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन ३ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८ र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लागेको हो। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने यस दिन ४ प्रतिशतभन्दा कम रहेको छ। 


    images

    Logo