images
images

लम्बियो एमबीएल इक्विटी फण्डको इकाईमा आवेदन दिने म्याद


  • 302
    SHARES
  • २०८१ फाल्गुण २६ गते सोमबार

    लम्बियो एमबीएल इक्विटी फण्डको इकाईमा आवेदन दिने म्याद

    काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाई खरिदका लागि आवेदन दिने समय थपिएको छ।

    सो फण्डको इकाई खरिदका लागि अब चैत ७ गतेसम्ममा आवेदन दिन सकिने भएको छ। यद्यपि, मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा चैत ७ गतेभन्दा अघि नै निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

    फण्डले १५ प्रतिशत इकाई मध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

    फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 


    images

    Logo