काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्लो ५ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले २ हजार ७ सय ५१ दशमलव ४२ विन्दुमा पुगेको छ ।
सोमबार कारोबारमा आएका ३ सय ११ स्क्रिपको ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १० अर्बभन्दा बढीको शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका ४४ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ९१ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७३ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको हो । हिमालयन रि–इन्स्योरेन्सको ७३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। बाँकी शेयरमूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने यस दिन ४ प्रतिशतभन्दा कम रहेको छ।


