काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा नेष्डो समृद्ध लघुवित्त र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् ।
नेष्डो समृद्ध लघुवित्त १४.२५ प्रतिशत बोनस बापत नेप्सेले सोमबार शेयर मूलय समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ९ सय ८५ रुपैयाँ ५० पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार २ सय ७३ रुपैयाँमा भएको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्स २६.९८ प्रतिशत बोनस बापत नेप्सेले सोमबार शेयर मूलय समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय ७१ रुपैयाँ ४१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय २५ रुपैयाँ ६० पैसामा भएको थियो ।
आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


