काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला ७ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२८ अंकले बढेर २ हजार ७ सय ३६ दशमलव ४८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २३ स्क्रिपको ८ अर्ब २३ करोड रुपैयाँ बराबरको २ करोड २९ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ।
कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८१ करोड ३६ लाख रुपैयाँबराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ५६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ४९ करोडको शेयर किनबेच भएको छ।
बुधबार कारोबारमा आएका १ सय ४६ कम्पनीको शेयर मुल्य बढेको छ । ८८ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर छ ।
यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन प्रभु इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।


