काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो एफपीओ बाँडफाँट भएको हो।
लघुवित्तले गत फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७ सय ७३ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १७ लाख ८० हजार ४ सय ५७ जनाले २ करोड १७ लाख १५ हजार ७ सय ५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ६ सय ६४ आवेदन रद्द भएको छ भने १७ लाख ७७ हजार ७ सय ९५ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १९ हजार ५ सय ७७ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी ३ जनाले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।


