काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बुधबार सामान्य बढेर बन्द भएको नेप्से, यस दिन घटेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६३ अंकले घटेर २ हजार ७ सय १४ दशमलव ८५ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय १६ स्क्रिपको ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको १ करोड ३९ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको बुधबार ८ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आइतबार ३१ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ४.९२ प्रतिशत बढेको हो। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.२५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकले ३७ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोपावरको ३६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार समुदायिक लघुवित्तको शेयर मूल्य ८.१९ प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयर मूल्य ५.३४ प्रतिशतले बढेको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।


