काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.६६ अंकले घटेर २ हजार ६ सय ९७ दशमलव ४ विन्दुमा पुगेको छ ।
यस दिन नेप्से घटेसँगै २७०० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक १ महिनापछि २७०० विन्दुभन्दा तल झरेको हो । यस अघि गत फागुन ४ गते नेप्से २७०० विन्दुभन्दा तल झरेको हो। सो दिन नेप्से परिसूचक २६९८.०३ विन्दुमा बन्द भएको थियो।
आज कारोबारमा आएका ३ सय १३ स्क्रिपको ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको ८२ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.११ प्रतिशत बढेको हो। यस दिन घटेका १२ उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
मंगलबार ८६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५२ कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार मिथिला लघुवित्तको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।


