काठमाडौं । दुई कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेको छ । आरती पावर कम्पनी र मेवा डेभलपर्सले आईपीओ निष्काशनका लागि अनुमति माग गरेका हुन् ।
आरती पावरले १०० रुपैयाँ अंकित दरका कुल ३६ लाख कित्ता साधारण शेयर जारी गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
त्यस्तै, मेवा डेभलपर्सले १०० रुपैयाँ अंकित दरका १ करोड १२ लाख कित्ता साधारण शेयर जारी गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।