images
images

३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 743
    SHARES
  • २०८१ चैत्र ७ गते बिहीबार

    ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा साना किसान विकास लघुवित्त, बिन्ध्यवासिनी हाइड्रोपावर र लक्ष्मी सनराइज बैंक रहेका छन् । 

    साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस बापतको ५० लाख ६३ हजार ४ सय ७७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, विहीबार बिन्ध्यवासिनी हाइड्रोपावरको ७.६० प्रतिशत बोनस बापतको ७ लाख ९८ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    त्यस्तै, लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत  बोनस बापतको १ करोड १५ लाख ९३ हजार ५ सय ७७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नको लागि योग्य भएको छ । 
     

     


    images

    Logo