काठमाडौं । आज शेयर कारोबार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.३८ अंकले घटेर २ हजार ६ सय ६९ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय १२ स्क्रिपको ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको ९५ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.२६ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.२६ प्रतिशत घटेको छ। बाँकी ११ उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन दोल्ती पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन एशियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशत र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।


