images
images

३० अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ४८ करोड


  • 436
    SHARES
  • २०८१ चैत्र ११ गते सोमबार

    ३० अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ४८ करोड

    काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। 

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५२ अंकले घटेर २ हजार ६ सय ४५ दशमलव २० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २६ स्क्रिपको ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको ९७ लाख ३९ करोड कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ६ अर्ब ३२ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाे थियाे ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    सोमबार २ सय १० कम्पनीको शेयर मूल्य बढेको छ । ३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ९६लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेकाे छ भने पोखरा फाइनान्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। 

     


    images

    Logo