images
images

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट, २ लाख बढी आवेदन रद्द


  • 378
    SHARES
  • २०८१ चैत्र १२ गते मंगलबार

    ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट, २ लाख बढी आवेदन रद्द

    काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

    कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ४८ हजार २ सय ९८ आवेदन स्वीकृत भएको छ । २ लाख ८ हजार २ सय ७८ आवेदन रद्द भएको थियो ।
     
    मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख ४७ हजार ६ सय जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। 


    images

    Logo