काठमाडौं । विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।
यस अनुसार कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँबराबरको ३९ लाख २१ हजार ५ सय ६८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।