images
images

५५ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो


  • 591
    SHARES
  • २०८१ चैत्र १२ गते मंगलबार

    ५५ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

    काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार २६ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.९० अंकले घटेर २ हजार ५ सय ८४ दशमलव ८८ विन्दुमा पुगेको छ । यस दिन नेप्से घटेसँगै २६०० विन्दुमुनि झरेको छ। नेप्से परिसूचक करिब साढे २ महिनापछि २६०० विन्दुमुनि झरेको हो। यस अघि गत माघ ३ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो। सो दिन नेप्से परिसूचक २५८८.६२ विन्दुमा बन्द भएको थियो। सोपश्चात आज नै नेप्से २६०० विन्दुभन्दा तल झरेको हो।

    आज कारोबारमा आएका ३ सय २५ स्क्रिपको ५ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख कित्ता शेयर किनबेच भएको छ । 

    मंगलबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

    आज कारोबारमा आएका ४ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ४० कम्पनीको शेयर मूल्य घटेको छ । 

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोको १७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन मूल्य बढेका स्टकहरुको सूचीमा अधिकांश ऋणपत्र र म्युचुअल फण्डहरु रहेका छन्। यस दिन ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ४.५२ प्रतिशत बढेको छ।

     

     


    images

    Logo